#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19827779729987636292312734869
नेपाल2259273620616313

लकडाउनले निम्त्याएको असरको विम्ब ‘सर्ट फिल्म’ : ‘लक डाउन’ (भिडियो)

काठमाडौं ।

कोरोना भाइरसले सर्वसाधरणको जीवनमा कस्तो प्रभाव पा¥यो त ! अहिले नै यसले पु¥याएको असर र प्रभावका बारेमा निर्णय लिने अवस्था छैन । यद्यपि हरेक वर्गको जनजीवनमाथि यसको प्रभाव हावी देखिन्छ ।

विश्वमा भाइरस प्रभाव सुरु भएको ७ महिना पुगि सक्दा पनि यस विरुद्ध कुनै प्रकारको खोप तथा औषधी निर्माण पूरा भएको छैन । यस्तो अवस्थामा विश्वको मनोरञ्जन दुनियाँ पनि एक हिसाबले ठप्प छ । तथापि, मेकरहरूले कोभिड–१९ ले सामान्य जनजीवनमा पु¥याएको असर, प्रभाव र मानिसको दैनिकीमा आएको परिवर्तन्लाई आधार बनाएर नयाँ नयाँ स्क्रिप्टमा काम गर्न सुरु गरेका छन् ।

यसै सन्र्दभमा सञ्चारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार ‘लकडाउन’ नामक ‘छर्ट फिल्म’ सार्वजनिक भएको छ । सर्ट फिल्ममा उच्च आर्थिक अवस्थासहितको जीवन यापन गरिरहेकोे युवामा कोभिड–१९ ले निम्त्याएको समस्या र नयाँ पुस्ताका युवा युवतीमा देखिएका परिस्थितिजन्य घटनाक्रमलाई प्रस्तुत गरिएको छ । अर्थात् समग्र मानिसहरूको आर्थिक स्तरमा ओरालो लाग्दो भाग्यलाई देखाउने प्रयास निमार्ण युनिटले गरेको छ ।

लकडाउनले केवल अर्थतन्त्र मात्र ओरालो नलागि सिंगो मानव समुदायको गाँस, बास, कपास सहित स्वास्थ्य सेवाका लागि पनि समस्या सृजना भइरहेको र यस्तो अवस्थामा सबैले एक अर्काका लागि सहयोगको भावनाले साथ दिनु पर्ने सन्देश प्रवाह गर्ने प्रयास गरिएको छ ।

भिडियोमा अभिविन्द खानिया, वर्षा भण्डारी, अनिकेथ अधिकारी र प्रख्यात घिमेरेको अभिनय रहेको छ। भिडियोमा निमा शेर्पाले छायांकन र सम्पादनको काम गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार