काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउद्योग मन्त्री नवीन्द्रराज जोशीले विपतको घडीमा राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर चूनौतीको सामना गर्न सबैजना एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
सामुदायिक सेवामञ्च, स्वयम्भूको १८ औं वार्षिक साधरणसभा उद्घाटन गर्दै जोशीले कोभिड १९ को रोकथाम नियन्त्रणमा भएको खर्चको र भ्रष्टाचारका विषयमा पनि प्रश्न उठेकाले विभिन्न क्षेत्रका नागरिक अगुवाहरुको संलग्नतामा लेखा परिक्षण गर्न समिति गठन गर्नमा जोडदिएका छन् ।
कार्यक्रममा बोल्दै जोशीले प्रहरी र जनता मिलेर नै शान्ति स्थापना र विकृति विसङ्गतिसँग लड्न र सुशासन कायम गर्न एक हुनु पर्नेमा पनि जोड दिए।
अमिन पाण्डेको सभापतित्वमा सम्पन्न वार्षिक साधरणसभाले आजै राजु खरेलको नेतृत्वमा समिति गठन गरेको छ । कार्यक्रम सामाजिक दूरी कायम गर्दै सम्पन्न भएको थियो ।