#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
file photo
काठमाडौं ।राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मती लगायत उपत्यकाका सफाइ अभियानले भने निरन्तरता पाएको छ । वाग्मती सफाइ महाअभियानको ३७४ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।पशुपति क्षेत्रको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ भएको थियो । विगत हप्ताभन्दा पशुपति क्षेत्रमा फोहर कम भेटिएको उनले जानकारी दिइन् । असार १ गतेपछि पशुपति क्षेत्रमा सफाइको काम हुन थालेको जनाइएको छ ।यसैगरी शङ्खमूल क्षेत्रको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा भएको थियो । सफाइका क्रममा सडक किनारका फोहर निकाल्नाका साथै फोहरलाई कुहिने र नकुहिनेमा वर्गीकरण गरी व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए।सफाइमा अभियानकर्मीका साथै हनुमान टोल विकास समितिका पदाधिकारी एवं सदस्यको पनि सक्रियता थियो । अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा वाग्मती किनारा र हनुमान वाटिका क्षेत्रमा वृक्षरोपण समेत गरिएको थियो । सफाइमा प्रिया लामिछाने, रामप्रसाद पन्थी लगायत अभियानकर्मी पनि सक्रिय भएको जनाइएको छ ।यसैगरी गुह्येश्वरी माथिको वाग्मती, चक्रपथको उत्तरी खण्ड, गोदावरी खोला, रुद्रमती, विष्णुमती, चक्रपथको पश्चिमी खण्ड लगायत स्थानमा पनि भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । सबै सफाइ अभियानमा घर नजिक भएका अभियानकर्मी मात्र सहभागी भएको जनाइएको छ । राजधानीमा ढलमा पनि कोरोना भेटिएको भन्ने हल्लाका कारण पनि आजको सफाइ बढी सजगता अपनाइएको हो ।सफाइ स्थलभन्दा टाढाका अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा चेतनामूलक अभियानसहित सफाइ अभियानलाई निरन्तरता दिएका छन् । ०७६ चैत ११ गते कोरोनाबाट बच्न बन्दाबन्दी जारी भएपछि देखि नै नदी किनारभन्दा टाढाका अभियानकर्मीले टोल सफाइ अभियान सुरु गरेका हुन् ।०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएपछि उपत्यकामा यसका विभिन्न खण्डसहित सहायक नदी, चक्रपथका उत्तर र पश्चिम खण्ड लगायत स्थानमा सफाइ अभियान सुरु भएको हो ।यसैगरी उपत्यकाबाहिर पनि प्रमुख सहर, मुख्य नदीनालामा गरी १०६ भन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको जनाइएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएदेखि चाड पर्व, वर्षा, गर्मी, जाडो, भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेलासमेत सफाइ अभियान रोकिएको छैन । ०७६ चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएपछि भने चैत १५ गते शनिबार नदीमा नगई टोल सफाइ गरेरै भए पनि अभियानलाई निरन्तरता दिइएको थियो ।रासस

राजधानीमा कोरोना बढे पनि रोकिएन वाग्मती सफाइ अभियान

file photo

काठमाडौं ।

राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मती लगायत उपत्यकाका सफाइ अभियानले भने निरन्तरता पाएको छ । वाग्मती सफाइ महाअभियानको ३७४ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

पशुपति क्षेत्रको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ भएको थियो । विगत हप्ताभन्दा पशुपति क्षेत्रमा फोहर कम भेटिएको उनले जानकारी दिइन् । असार १ गतेपछि पशुपति क्षेत्रमा सफाइको काम हुन थालेको जनाइएको छ ।

यसैगरी शङ्खमूल क्षेत्रको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा भएको थियो । सफाइका क्रममा सडक किनारका फोहर निकाल्नाका साथै फोहरलाई कुहिने र नकुहिनेमा वर्गीकरण गरी व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए।

सफाइमा अभियानकर्मीका साथै हनुमान टोल विकास समितिका पदाधिकारी एवं सदस्यको पनि सक्रियता थियो । अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा वाग्मती किनारा र हनुमान वाटिका क्षेत्रमा वृक्षरोपण समेत गरिएको थियो । सफाइमा प्रिया लामिछाने, रामप्रसाद पन्थी लगायत अभियानकर्मी पनि सक्रिय भएको जनाइएको छ ।

यसैगरी गुह्येश्वरी माथिको वाग्मती, चक्रपथको उत्तरी खण्ड, गोदावरी खोला, रुद्रमती, विष्णुमती, चक्रपथको पश्चिमी खण्ड लगायत स्थानमा पनि भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । सबै सफाइ अभियानमा घर नजिक भएका अभियानकर्मी मात्र सहभागी भएको जनाइएको छ । राजधानीमा ढलमा पनि कोरोना भेटिएको भन्ने हल्लाका कारण पनि आजको सफाइ बढी सजगता अपनाइएको हो ।

सफाइ स्थलभन्दा टाढाका अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा चेतनामूलक अभियानसहित सफाइ अभियानलाई निरन्तरता दिएका छन् । ०७६ चैत ११ गते कोरोनाबाट बच्न बन्दाबन्दी जारी भएपछि देखि नै नदी किनारभन्दा टाढाका अभियानकर्मीले टोल सफाइ अभियान सुरु गरेका हुन् ।

०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएपछि उपत्यकामा यसका विभिन्न खण्डसहित सहायक नदी, चक्रपथका उत्तर र पश्चिम खण्ड लगायत स्थानमा सफाइ अभियान सुरु भएको हो ।

यसैगरी उपत्यकाबाहिर पनि प्रमुख सहर, मुख्य नदीनालामा गरी १०६ भन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको जनाइएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएदेखि चाड पर्व, वर्षा, गर्मी, जाडो, भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेलासमेत सफाइ अभियान रोकिएको छैन । ०७६ चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएपछि भने चैत १५ गते शनिबार नदीमा नगई टोल सफाइ गरेरै भए पनि अभियानलाई निरन्तरता दिइएको थियो ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार