#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19572938724710627938712568841
नेपाल2259273620616313

पशुपतिको जग्गामा व्यक्तिको रजाइँदेखि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दोसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौंको गोठाटारमा रहेको ५ सय ३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति र संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमती र समस्यामा अल्झिएर जनताको जीवन रक्षाको जिम्मेवारीबाट विमुख हुन नमिल्ने बताएका छन् । शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

मनसुन भित्रिएसँगै देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानका घटनाहरु बढेका छन् । मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की र जाजरकोटमा बाढी र पहिरोका घटना बढेका हुन् ।

त्यस्तैगरी सरकारले आगामी आर्थिक वर्षदेखि एकिकृत नेशनल पेमेन्ट गेटवेको सुरुवात गर्ने भएको छ । यस विषयमा गृहकार्य गरी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई पेमेन्ट गेटवेका लागि आवश्यक व्यवस्थापनका लागि बैंकको व्यवस्था गर्न सहमति दिइसकेको छ ।

सरकारले वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको पछिल्लो १० दिनमा १ हजार ६ सय ५४ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धारको लागि गरिएको चार्टड उडानमार्फत उनीहरु विदेश गएका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु