#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19574487724732628076812568987
नेपाल2259273620616313

कोरोना सङ्क्रमित क्वारेन्टाइनमा, कुन प्रदेशमा कति ?

काठमाडौं ।

नेपालका छ जिल्ला कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता प्राडा गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।

यस्तै प्रदेश नं १ का क्वारेन्टाइनमा दुई हजार ७७४, प्रदेश नं २ मा दुई हजार ९६५, वाग्मती प्रदेशमा एक हजार ९२८ जना रहेका छन् । यस्तै गण्डकी प्रदेशमा चार हजार १९७, प्रदेश नं ५ मा पाँच हजार १९९, कर्णाली प्रदेशमा एक हजार ८१८ र सुदूरपश्चिममा पाँच हजार २१६ जना क्वारेन्टाइनमा बसेका छन् ।

पछिल्लो २४ घण्टामा ७० कोरोना सङ्क्रमित थपिएका छन् । कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २५ वटा प्रयोगशालामा गरिएको तीन हजार ६४८ नमूना परीक्षणमा ७० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

प्रदेश अनुसार आज सबैभन्दा बढी गण्डकी प्रदेशमा १६, वाग्मती प्रदेशमा १४, प्रदेश नं १ मा १३, प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा सात तथा प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा पाँच÷पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी सिन्धुपाल्चोक र दाङमा पाँच/पाँच, सुनसरी, उदयपुर, स्याङ्जा, तनहुँ र कञ्चनपुरमा चार/चार, मोरङ, काठमाडौँ, धादिङ, सर्लाही, बागलुङ र सुर्खेतमा तीन/तीन, झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा दुई/दुई, सिरहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछाममा एक/एक सङ्क्रमित भेटिएका छन् ।

यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ७१९ पुगेको छ । छ जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गराइरहेका ४३१ जना कोरोना सङ्क्रमण मुक्त भई ‘डिस्चार्ज’ भएको उहाँले प्रवक्ता प्राडा गौतमले जानकारी दिए ।

हालसम्म कूल सङ्क्रमितको ५०.५ प्रतिशत डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ हजार ४४२ पुगेको छ । क्वारेन्टाइनमा रहनेको सङ्ख्या २४ हजार ९७ छ भने आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार २३९ छ ।

कोरोना सङ्क्रमणबाट थप तीनको मृत्यु, मृतकको सङ्ख्या ३८

कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एक जना छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–१० शङ्खमूलका ६० वर्षीय पुरुष र गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष तथा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष छन् ।

शङ्खमूलका सङ्क्रमित फोक्सोमा पानी जमेको तथा मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भई उपचाररत थिए । उनीमा असार १७ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उनको असार २६ गते मृत्यु भएको हो ।

यस्तै गोकर्णेश्वर–४ का पुरुष मिर्गौला रोगका उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए । उनको असार २५ गते मृत्यु भएको हो ।

यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी–६ का सङ्क्रमित क्षयरोगको उपचारका लागि असार १८ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनमा असार २२ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उनको असार २५ गते मृत्यु भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

सम्बन्धित समाचारहरु