#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18956875710057609467612152142
नेपाल2139060617415156

तीन मिटर लामो अजिङ्गर फेला

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा तीन मिटर लामो अजिङ्गर फेला परेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–४ अर्जी बस्ने रामनारायण सदाको खेतबारीमा तीन मिटर लम्बाइ भएको आठ किलोबराबरको अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भारदहका प्रहरी सहायक निरीक्षकसहितको टोली खटी अजिङ्गरलाई समातेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिए । वर्षाको समयमा खोला, नदीको पानीमा बगेर अजिङ्गर आएको अनुमान गरिएको छ । प्रहरीका अनुसार अजिङ्गरबारे डिभिजन वन कार्यालय सप्तरीका प्रमुख वन अधिकृत सन्तोषकुमार झालाई जानकारी गराइएको र बुझाउने तयारी भइरहेको छ ।–रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार