#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
रसुवा ।रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ । सामान बोकेका ४० कन्टेनर भन्सार हातामा प्रवेश गरिसकेको र तिनको भन्सार शुल्क असूली एवं जाँचपासको प्रक्रिया अगाडि बढाइएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए।आयात भएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडा लगायत रहेको बताइएको छ । चीनको वुहान शहरबाट सङ्क्रमण शुरू भएको कोभिड–१९ नियन्त्रणका लागि गत माघ १५ गतेदेखि आवतजावतसमेत बन्द गरिएको रसुवागढी नाकाबाट दुवै देशका छिमेकी अधिकारीबीच आपसी सल्लाहबाट स्वास्थ्यको उच्च सतर्कता अपनाई सामान आयात गर्न थालिएको भन्सार कार्यालयले जनाएको छ ।आयात भएका सामग्री सहज ढुवानीका लागि वर्षाको भेलपानीले अवरूद्ध स्याफ्रुबेँसी– टिमुरे खण्डको राजमार्ग दिनहुँ सफा गर्ने काम भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।दैनिक सरदर तीन करोड राजश्व आय हुने रसुवागढी क्षेत्रमा कोभिड–१९ का कारण हालसम्म करीब पाँच अर्ब राज्यकोषलाई घाटा परिसकेको जनाइएको छ ।

रसुवागढी नाकाः भन्सार प्रक्रिया शुरू

रसुवा ।

रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ । सामान बोकेका ४० कन्टेनर भन्सार हातामा प्रवेश गरिसकेको र तिनको भन्सार शुल्क असूली एवं जाँचपासको प्रक्रिया अगाडि बढाइएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए।

आयात भएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडा लगायत रहेको बताइएको छ । चीनको वुहान शहरबाट सङ्क्रमण शुरू भएको कोभिड–१९ नियन्त्रणका लागि गत माघ १५ गतेदेखि आवतजावतसमेत बन्द गरिएको रसुवागढी नाकाबाट दुवै देशका छिमेकी अधिकारीबीच आपसी सल्लाहबाट स्वास्थ्यको उच्च सतर्कता अपनाई सामान आयात गर्न थालिएको भन्सार कार्यालयले जनाएको छ ।

आयात भएका सामग्री सहज ढुवानीका लागि वर्षाको भेलपानीले अवरूद्ध स्याफ्रुबेँसी– टिमुरे खण्डको राजमार्ग दिनहुँ सफा गर्ने काम भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

दैनिक सरदर तीन करोड राजश्व आय हुने रसुवागढी क्षेत्रमा कोभिड–१९ का कारण हालसम्म करीब पाँच अर्ब राज्यकोषलाई घाटा परिसकेको जनाइएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार