#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19830578730151636273812737689
नेपाल2259273620616313

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकालद्वारा उम्मेदवारी घोषणा (भिडियोसहित)

काठमाडौं ।

कोरोनाकै वीच व्यवसायी चन्द्र ढकालले तामझामका साथ उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । व्यवसायी ढकाल जिल्ला/नगर उपाध्यक्ष गुणनिधी तिवारी, एसोसियट उपाध्यक्ष, रामचन्द्र सांघाई, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठसहित उमेद्वारी घोषणा गरेका हुन् ।

उमेद्वारी घोषणा गर्दै व्यवसायी ढकालले आमव्यवसायीका समस्या नीति निर्माण तहमा पु¥याउने बताएका छन् । विगतका दिनहरुमा व्यवसायीहरु चुनाव जितेर भाग्ने गरेको भन्दै आफू चुनाव जितेर नभाग्ने तथा आवश्यक परेका बेला अभिभावकको भूमिका निर्वाह गर्ने व्यवसायी ढकालले बताएका छन् ।

विधान अनुसार महासंघको अध्यक्ष स्वतःवरिष्ठ उपाध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षका लागि हुने चुनाव निकै रोचक हुने गर्छ । अहिले महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा छन् । उनी स्वतःअध्यक्ष हुँदैछन् । अध्यक्षका लागि चुनाव नहुने भएकाले महासंघको चुनावमा मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा हुने गर्छ । जुन पदका लागि आकांक्षीहरुले चर्काे प्रतिस्पर्धा गर्दै आएका छन् ।

यसपटक उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिँदैछन् । व्यवसायी ढकाल महासंघको एशोसिएट उपाध्यक्ष हुन् । आइएमई समूहका अध्यक्ष समेत रहेका ढकालले ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने मुल नारा सहित उम्मेदवारी घोषणा गरेका हुन् । व्यवसायी ढकालले यसअघि पनि आफ्नो उमेद्वारी घोषणा गरेका थिए । तर चैतको अन्तिम साता हुने भनिएको महासंघको निर्वाचन कोरोना भाइरसका कारण सरेपछि प्यानलको अन्य उमेद्वारहरुले उमेद्वारी घोषणा गर्न पाएका थिएनन् । त्यसैकारण मंगलबार ढकालले चार जनाको प्यालसहित उमेद्वारी घोषणा गरेका हुन् ।

उनले महासंघको गौरवलाई थप उचाइमा पु¥याउन र निजी क्षेत्रको महत्वलाई नीति निर्माणमा स्थापित गर्ने मुख्य उद्देश्य रहेको बताएका छन् । बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनामा बाग्लुङमा सुरु भएको बाग्लुङ महोत्सवको उदघाटन समारोहमा उनले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका थिए । बाग्लुङ ढकालको गृह जिल्ला पनि हो । ढकाल यसअघि देखि नै महासंघको बरिष्ठ उपाध्यक्षमा बलियो दावेदारको रुपमा हेरिएका थिए । आम उद्योगी, व्यवसायी तथा निजी क्षेत्रको माया, सद्भाव तथा उत्प्रेरणाले आफूले महासंघको वरिष्ठ उपाध्यक्ष जस्तो पदमा उम्मेदवारी दिएको उनले बताएका छन् ।

जलविद्युत, उत्पादन, सूचना प्रविधी तथा ट्राभल एण्ड टुरमा लगानी गरेका ढकाल इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूत पनि हुन् । गत चैत अन्तिम साता हुने भनिएको महासंघको चुनाव कोरोनाका कारण सरेर साउन २५ र २६ गतेका लागि तय भएको छ । चुनावको मिति तय भएपछि व्यवसायीहरुको दौडधुप पनि निकै बढेको छ ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार