#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19830607730156636155212738899
नेपाल2259273620616313

नेकपामा असहमति कायमैदेखि विद्युतीय सवारी खरिदमा अन्योलसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता विना निष्कर्ष टुंगिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब १ घण्टासम्म चलेको भेटवार्ता विना निष्कर्ष टुंगिएको हो । आजको छलफलमा भोली पुनः भेटवार्ता गर्ने सहमति भएको जनाइएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले नक्कली खडा गरेको अभिव्यक्ति दिएपछि यस विषयमा बहस सुरु भएको छ । सोमबार भानु जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सक्कली अयोध्या नेपालमा नै रहेको भएपनि भारतले नक्कली खडा गरेको बताएका हुन् ।

स्थानीय तहको निर्वाचनका बेला मुख्य एजेण्डा बनेको काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्ने विषय अहिले ओझेलमा परेको छ । काठमाडौं महानगरपालिकाले रेल सञ्चालनसम्बन्धी योजनालाई अहिले नीति तथा कार्यक्रमबाट नै बाहिर राखेसँगै मोनोरेल सञ्चालन अन्योलमा परेको हो ।

त्यस्तैगरी लकडाउनपछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भएका छन् । लकडाउनका कारण लामो समयसम्म सार्वजनिक सवारी सञ्चालन नहुँदा व्यवसायी तथा चालकको रोजीरोटि गुमेको भन्दै यातायात व्यवसायी र सरकारबीच पटक पटक छलफलपछि सरकारले सार्वजानिक यातायात सञ्चालन गर्ने अनुमति दिएसँगै सञ्चालन भएका हुन् ।

सरकारले खरिद गर्ने भनिएका ३ सय विद्युतीय बस खरिद प्रक्रिया अन्योलमा परेको छ । दुई वर्ष पहिले सरकारले साझा यातायात सहकारीमार्फत बस खरिद गर्न शेयर खरिद गरेको थियो । सोहीअनुसार प्रालिले आवश्यक तयारी गर्दा तोकिएको ‘स्पेसिफिकेसन’ भन्दा फरक भएको भन्दै सरकारले सो रकम फिर्ता गरेको थियो । त्यसपछि विद्युतीय बस खरिद प्रक्रिया अन्योलमा परेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार