#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19827779729987636292312734869
नेपाल2259273620616313

शुभेच्छुक हातहरुद्वारा सिन्धुपाल्चोकका पहिरो पीडितलाई राहत वितरण

सिन्धुपाल्चोक ।

गत असार २४ गते सिन्धुपाल्चोक जिल्लाको वाह्रविसेस्थित जम्मु क्षेत्रमा आएको बाढी तथा पहिरोका पीडितहरुलाई शुभेच्छुक हातहरु नामक संस्थाले राहत प्रदान गरेको छ ।

आज सिन्धुपाल्चोक जिल्लाको वाह्रविसेमा आयोजित राहत वितरण कार्यक्रममा पीडित ३२ परिवारलाई दाल, चामल, तेल, चिउरा लगायत करिव ६० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष खडानन्द घोरासैनीले उक्त राहत सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् । संस्थाका सल्लाहकारहरु अमेरिकाको क्यालिफोर्निया निवासी केशवराज भट्टराई र शिशिर पोखरेलको आर्थिक सहयोगमा उक्त सामाग्री खरिद गरि हस्तान्तरण गरिएको हो । भक्तपुरको सूर्यविनायकमा रहेको शुभेच्छुक हातहरु नामक संस्थाले आगामी दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार