#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19830355730151636251512737689
नेपाल2259273620616313

प्रधानमन्त्री ओलीलाई बिदा गर्न नेकपासँग गगन थापाको आग्रह

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या टिप्पणीबारे प्रतिक्रिया दिंदै यसलाई हल्का रुपमा नलिन आग्रह गरेका छन् ।

नेता थापाले सामाजिक आफ्नो संजालमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई हल्का रुपमा नलिन र यस्ता योजनाबद्ध राजनीतिक प्रपञ्चलाई पूरा हुन नदिऔं भन्दै नेकपाका नेताहरुलाई यो विषय राजनीतिक होइन भनेर नपन्छिन आग्रह गरेका छन् । उनले अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्न पनि नेकपासँग आग्रह गरेका छन् ।

उनले लेखेका छन् , प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले जे पनि बोल्ने प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ । मेरो विचारमा यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो ।

प्रमलाई राम्रोसँग थाहा छः यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई कथित राष्ट्रवादी बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।

यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ । आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने, प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ । यसलाई हल्का रुपमा नलिऔं । यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पूरा हुन नदिऔं।

प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नु भएको हो । प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र । नेकपाका साथीहरू, राजनीतिक होइन भनेर नपन्छिनोस, अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएपछि अहिले उनको अभिव्यक्तिको सबैतिरबाट आलोचना भइरहेको छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार