कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाका परिवारको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाका परिवारको रिपोर्ट नेगेटिभ


काठमाडौं ।
कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया महिलाका परिवारको रिपोर्ट भने नेगेटिभ आएको छ ।

उनका १४ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनका शिशुसहित श्रीमान तथा माइतीतर्फ आमा र बहिनीको पनि नमुना संकलन गरिएको थियो ।

अहिले आइसोलेसनमा रहेका उनीहरुको ४८ घण्टापछि रिपोर्ट आएको हो । शिशुलाई भने ल्याक्टोजिन खुवाएर राखिएको छ ।

विहिबार राति धुलिखेल अस्पतालमा मृत्यु भएकी ती सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको शनिबार पुष्टि भएको थियो । मृतकका परिवारका सदस्यले नै उनको श्वासप्रश्वासमा देखिएको लक्षण अनुसार कोरोना भाइरस सङ्क्रमणको शङ्का गरेर धुलिखेल अस्पताल पुर्याएका थिए । ती महिला नै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने पहिलो व्यक्ति हुन् ।

Logo