डेंगु संक्रमण रोक्न बुटवलमा विशेष अभियान सुरु

बुटवल,२४, कात्तिक
बुटवलमा डेंगुका बिरामी ह्वात्तै बढेपछि डेंगुको संक्रमण विरुद्ध विशेष अभियान संञ्चालन गरिएको छ । विहिवार बिहान सम्म ५ सय ३५ जनामा डेंगु संक्रमण भएको पाइएको भन्दै अञ्चल अस्पताल बुटवलका मेडिकल रेर्कड अधिकृत लक्ष्मीराज रेग्मीले यस विरुद्धको अभियानलाई तिव्रता दिएको बताए । उनका अनुसार बिहिवारबाट अस्पतालमा औषधि टिट्ने काम थालिएको छ भने टोल टोलमा डेंगु सार्ने लामखुट्टेको खोजी गर्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको छ । लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान विगत दिन देखि सञ्चालनमा रहेको भएपनि अझ बढी प्रभावकारी बनाइएको छ । डेंगु नियन्त्रणका लागि विगतमा थालिएका कार्यक्रमलाई अझ प्रभावकारी वनाउने देखि थप उपायहरु खोजि गर्दै अभियानलाई तीव्रता दिन थालिएको छ ।

रेग्मीका अनुसार, संक्रमितहरु विभिन्न जिल्लाका रहेका भएपनि ८० प्रतिशत रुपन्देहीका छन् । त्यसमा पनि ७५ प्रतिशत बुटवलकै बासिन्दा छन् । बुटवलबाट मंगलवार ३७ वटा नमुना परिक्षणका लागि केन्द्रीय जनस्वस्थ्य प्रयोगशालामा पठाइएको थियो । रुपन्देहीका विभिन्न अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मी गरी १२ जनामा डेंगुको संक्रमण भएको रेग्मीले बताए ।
नयाँपत्रिकाबाट