#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19831918730176636233512739407
नेपाल2259273620616313

राजश्व उठाउन सफल भए अर्थमन्त्री

फाइल फोटो

काठमाडौं ।

अर्थमन्त्री डा.युवराज खतिवडा आफूले चाहे अनुसारको राजश्व उठेपछि अर्थतन्त्र चलायमान हुन थालेको बताएका छन् । यसअघि अर्थमन्त्री खतिवडाले राजश्व नउठेका कारण कर्मचारीलाई तलब खुवाउन पनि समस्या परेको भन्दै उद्योग व्यवसायीहरुसँग सक्नेले कर तिरिदिन हारगुहार मागेका थिए । ठूला करदाताहरुले तथा वित्तीय क्षेत्रले कर तिरेपछि सरकारको ढुकुटीमा रकम जम्मा हुन थालेको हो ।

अर्थमन्त्री खतिवडाले एक महिना अघि अर्थतन्त्र संकटमा रहेको घोषणा प्रतिनिधिसभाको बैठकमा गरेका थिए । कोरोनाका कारण अर्थतन्त्रमा संकट परेपछि अर्थमन्त्रीले हारगुहार गर्दै कर तिर्न आग्रह गरेका थिए । तर अहिले समस्या केही हल भएको छ । जसका कारण अर्थमन्त्री आशावादी देखिएका छन् । बिहीबार अर्थसमितिको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले पछिल्लो समय अर्थतन्त्र चलायमान हुँदै गएको बताएका हुन् । उनले बैंकिङ क्षेत्रमा २ खर्ब लगानीयोग्य बचत रहेको भन्दै अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताएका हुन् ।

लकडाउनका कारण जेठ महिनामा लक्ष्य अनुसारको राजश्व उठेको थिएन । जसका कारण खर्च चलाउनै सरकारलाई धौ धौ परेको थियो । सरकारको यस वर्ष जेठ १५ सम्म ८ खर्ब २७ अर्ब रुपैयाँ राजस्व उठ्ने संशोधित लक्ष्य थियो । गत आर्थिक वर्ष २०७६, ७७ मा ८ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व उठेको थियो ।

उनले यो वर्ष असार महिनामा ४ प्रतिशत मात्रै खर्च भएको भन्दै कोरोनाको अवस्थामा पनि विकास खर्चमा सरकारले सफलता प्राप्त गरेको बताएका छन् । बजेट कार्यान्वयनको पूर्व तयारीका लागि ठेक्कापट्टाको कागजात माग्न ताकेता शुरु भएको समेत उनले बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार