#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21068957752721642042313895813
नेपाल2495795802516837

नेपालको फिफा वरीयता यथावत् , शीर्ष १० स्थानमा कुन देश ?

काठमाडौं ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत् स्थानमा रहन सफल भएको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ ।

गत महिना नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ८ औं स्थानमा रहेको छ । यस्तै माल्दिभ्स १५५ औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८९ औं, बंगलादेश १८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

कोरोना भाइरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प रहेको छ । जसका कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन । मार्चबाट अन्तर्राष्ट्रिय खेल नहुँदा नेपालसहित सबै राष्ट्रको वरीयता यथावत रहेको छ ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा उरुग्वे रहेका छन् । यस्तै क्रोएसिया छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, अर्जेन्टिना नवौ र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार