#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20820287747476635310013719711
नेपाल2443291761316728

८२ प्रतिशत सकियो धान रोपाइँ

काठमाडौं ।

गत वर्षको भन्दा यो वर्ष असारमा नै दोब्बर धान रोपाइँ भएको छ । गत वर्ष भन्दा अगाडि नै मनसुन भित्रिए पछि देशभर असारभित्र नै धेरै रोपाइँ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार मसान्तसम्म देशभर कुल रोपाइँ योग्य जमिनको ८१.५८ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । अघिल्लो वर्ष असार मसान्तसम्म ४०.४९ प्रतिशत भूभागमा रोपाइँ भएको थियो ।

नेपालको रोपाइँ हुने कुल १३ लाख ७१ हजार ०६ हेक्टर जमिनमध्ये ११ लाख १९ हजार ९१ हेक्टर जमिनमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले बताए ।
उनका अनुुसार अघिल्लो वर्ष असार मसान्तसम्म ५ लाख ५५ हजार ४ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । यस वर्ष उच्च पहाडमा ७४.७६, मध्य पहाडमा ७५.१२ तथा तराईमा ८४.२१ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को रोपाइँ सकिने चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा ९१.८६ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ । कर्णालीमा ८६.८४, प्रदेश ५ मा ८६.६०, गण्डकी प्रदेशमा ८३.६९, बाग्मतीमा ७२.१०, प्रदेश २ मा ८३.४१ र प्रदेश १ मा ६९.९१ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको छ । यो वर्ष धान रोपाइँ छिट्टै हुँदा धान उत्पादन बढ्न सक्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु