#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21062029752562641515913894308
नेपाल2495795802516837

प्रधानमन्त्रीको राजीनामा मागदेखि ट्वीटरमा साइबर हमलासम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आजको भेटवार्ता विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता विना निष्कर्ष टुंगिएको हो । वार्तामा प्रचण्ड–दाहाल पक्षले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।

त्यस्तै आन्तरिक राजश्व विभागले २० लाखभन्दा कम कारोबार गर्ने र २ लाखसम्मको आम्दानी गर्ने करदाताका लागि बिहीबारदेखि नयाँ कर प्रणाली लागू गरेको छ । आजदेखि लागू भएको नयाँ कर प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा‌ ‌ युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिए ।

सरकारले घोषणा गरेकाे राष्ट्रिय गौरवका आयोजनाहरुको कार्य प्रगति सुस्त भएको छ । प्रगति मिश्रित देखिँदा महालेखा परिक्षकको विवरणअनुसार यस्ता आयोजनाहरुको कार्य प्रगति सुस्त देखिएको हो ।

त्यस्तैगरी काठमाडौं उपत्यकाको सडकमा सार्वजनिक यातायातको चहलपहल बढ्दै गएको छ । सरकारले गत असार १६ देखि छोटो दूरीमा सार्वजनिक यातायात निश्चित मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएसँगै उपत्यकाको सडकमा सार्वजनिक यातायातहरूको चहलपहल बढेको हो ।

माइक्रोब्लगिङ्ग साइट ट्वीटरको इतिहासमा अहिलेसम्मकै ठूलो साइबर हमला भएको छ । ह्याकरले भेरिफाइड र शक्तिशाली व्यक्तिहरुको एकाउन्ट ह्याक गरेका छन् । विश्वका धनाढ्य जेफ बेजोस, बिल गेट्स, वारेन बफेट, इलन मस्क, अमेरिकी नेता जो बाइडेन, पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, एप्पल लगायतका अन्य धेरैका अकाउण्ट ह्याक भएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार