#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31228490965036744214322821311
नेपाल641224111747846233

प्रधानमन्त्रीको पक्षमा कमल थापा- ‘व्यक्ति परिवर्तन गरेर समस्या समाधान हुँदैन’

फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारूढ नेकपाभित्र देखिएको समस्या ‘व्यक्ति परिवर्तन’ गरेर समाधान नहुने उल्लेख गरेका छन् । शनिबार (आज)  ट्वीट् गर्दै अध्यक्ष थापाले व्यक्ति परिर्वतनमा केन्द्रित विवादले समस्याको समाधान नहुने उल्लेख गरेका हुन् ।

उनले नेकपाभित्रको विवाद नीति, पद्धति र प्रणालीबारे नभई निन्तान्त व्यक्तिगत र व्यक्ति केन्द्रित रहेको जनाएका छन् । “सक्नुहुन्छ भने १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गर्ने आँट गर्नुस् । होइन भने जनादेश अनुसार पाँच वर्ष मिलेर काम गर्नुस्” थापाले लेखेका छन् ।

उनले नेकपाका नेताहरुलाई जनादेश अनुसार ५ वर्ष मिलेर काम गर्न आग्रह पनि गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार