लकडाउनको आज ५४ औं दिन, कस्तो छ अवस्था ? (भिडियोसहित)

लकडाउनको आज ५४ औं दिन, कस्तो छ अवस्था ? (भिडियोसहित)


काठमाडौं ।
सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरेको लकडाउनको आज ५४ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन आज ५४ औं दिनमा प्रवेश गरेको हो । लकडाउनका कारण जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द रहेका छन् । आइतबारबाट सरकारले अत्यावश्यक सेवाका कार्यालय सञ्चालनमा केही सहज गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारिएको छ ।

बैंक तथा वित्तिय संस्थाका सिमित कार्यालयहरु मात्रै सञ्चालनमा छन् । सरकारले उपत्यकामा टाइमकार्ड लागू गरी विभिन्न ४४ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि अहिले सरकारले उपलब्ध गराएका सम्पूर्ण पासहरु रद्द गरिएका छन् ।

उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ । उपत्यकाका भित्री गल्लिहरुमा समेत जथाभावि नहिड्न प्रशासनले निर्देशन दिएको छ । अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधन भने सञ्चालन गर्न दिइएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । ३६ जना उपचारपछि निको भर घर फर्किएका छन् । हेरौं भिडियोमा :

 

 

Logo