२४औँ बसन्तमा प्रवेश गर्दै अभिनेत्री जसिता

२४औँ बसन्तमा प्रवेश गर्दै अभिनेत्री जसिता


क्युट नायिकाको छवि बनाएकी अभिनेत्री जसिता गुरुङको आज जन्मदिन परेको छ । सन् १९९६ मे १६ तारिखका दिन बेलायतमा जन्मिएकी जसिता आजबाट २३औँ बसन्त पुरा गरी २४औँ बसन्तमा पाईला टेक्दैछिन् । कोरोना रोकथामको लागी गरिएको लकडाउनका कारण उनले आफ्नो जन्मदिन घरमै मनाएकी छिन् भने, आफन्त र फ्यानहरुले उनलाई भिडियो, फोटो र कलमार्फत जन्मदिनको शुभकामना दिएका छन् ।

चलचित्र लिलिबिली बाट नेपाली चलचित्रमा करियर शुरु गरेकी जसिताको अभिनय धेरैले रुचाएका थिए । त्यसैले आफ्नो पहिलो चलचित्रबाट नै उनले धेरै दर्शकको मन जित्न सफल भईन् ।

निर्माता भुवन केसीको नयाँ चलचित्र ‘एन्टी हिरो’मा जसिता र अनमोलको जोडी बाधिन लागिएको थियो । जसिताले फिल्मका लागी हस्ताक्षर समेत गरिसकेकी थिईन् । फिल्मको छायांकन वैशाखबाट सुरु गरेर दसैंमा रिलिज गर्ने तयारी रहेको थियो । तर कोरोना भाईरसको कारण चलचित्रको कुनै काम सुरु भएको छैन ।

Logo