भारतमा कोरोना संक्रमितको संख्या ८५ हजार ९४०, मृत्यु हुने कति ?

भारतमा कोरोना संक्रमितको संख्या ८५ हजार ९४०, मृत्यु हुने कति ?


नयाँ दिल्ली ।

गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा शुक्रबार एकै दिनमा १०३ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या २ हजार ७५२ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३० हजार १५२ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा आज बिहानसम्मको तथ्याङ्क अनुसार हाल यो रोगका ५३ हजार ३५ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र २९ हजार १०० नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा कोरोना भाइरस संक्रमणका ४० प्रतिशत महाराष्ट्रका नागरिक रहेका छन् । महाराष्ट्रमा ६ हजार ५६४ व्यक्ति निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६८ जनाको मृत्यु भएको छ ।रासस/एएनआई

Logo