बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३


काठमाडौं ।
कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले यो जानकारी दिएका हुन् । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिइएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ ।

गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।रासस

Skip This
Logo