#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30734956957189741542022362347
नेपाल627974011712945267

नेकपाको दुवै ‘डुंगा’मा प्रचण्डको खुट्टा, आखिर उनको कित्ता कुन ?

काठमाडौं । शनिवार राति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको लामो शक्ति संघर्ष मिलेको भन्दै समाचार आयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशन गरेर नयाँ पार्टी अध्यक्ष चयन गर्ने प्रस्ताव अधि सारे र त्यसमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहमति भए ।

लगत्तै अर्काे खबर पनि आयो, असन्तुष्ट नेता माधव नेपालले भने– ‘दुई नेताले चोसोमोसो मिलाएर हुन्न, म देशब्यापी अभियान थाल्छु ।’ यो खबरको प्रचण्डको सचिवालयले आइतबार राति नै खण्डन गरेर ओलीसँग कुनै सम्झौता नभएको स्पष्ट पार्यो ।

आइतबार प्रचण्डले नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका प्रचण्ड इतरका नेताहरुसँग कुनै सहमति नभएको बरु राष्ट्रपति कार्यालय बोलाएर आफूलाई परिबन्दमा पारिएको निरिह अभिव्यक्ति दिए । यतिवेला प्रचण्ड, खनाल, नेपाल, गौतकाबीचमा एक किसिमको ‘एलायन्स’ छ । उनीहरुको घोषित नीति हो, ओलीलाई एउटा पदबाट जसरी पनि हटाउने ।

तर वार्ता चाँहि प्रचण्ड र ओलीकोबीचमा मात्र भईरहेको छ । यता एलाइन्स गर्ने तर ओलीसँग कुनै छुट्टै सहमति गर्ने प्रचण्डको योजना छ, अर्थात प्रचण्डले डुङगाको दुबैतर्फ खुट्टा राखेका छन् ।

प्रचण्डले स्पष्ट रुपमा आफू ओली अथवा अन्य नेताहरु को सँग छु भन्ने विषयलाई स्पष्ट पार्न सकेका छैनन् । त्यसैले नेकपाको विवाद त्यतिवेलासम्म हल हुँदैन जतिवेलासम्म प्रचण्डले ढुलमुले नीति छोडदैनन् ।

उनी नेपाल पक्षमा छन् र ओलीलाई एक पदबाट हटाउन चाहन्छन् भने उनी त्यसमा नै अडिग रहनुप¥यो किनभने दुई जना नेता मिल्दा सबै ठाउँमा ओली स्वत अल्पमतमा पर्छन् र उनी सत्ता छाड्न बाध्य हुन्छन् ।

यदि त्यसो होइन, उनी स्थायी सरकारको पक्षमा छन् भने उनले स्पष्ट रुपमा नै यो स्वीकार गर्नुपर्छ र ओलीलाई पाँच वर्ष सत्तामा बस्न दिनुपर्छ अनि उनले महाधिवेशनको तयारी गर्नुपर्छ । त्यसैले प्रचण्डले स्पष्ट रुपमा कित्ताकाँट नगर्दासम्म नेकपाको विवाद साम्य हुने देखिदैन् ।

ओलीलाई हटाएर प्रधानमन्त्री अहिले नै भएमा पछि पाटी अध्यक्ष नभइने हो कि भन्ने भय प्रचण्डमा छ । अर्थात, उनी पार्टी अध्यक्ष पनि हुन चाहन्छन् र प्रधानमन्त्री पनि । वास्तवमा कुन बाटो रोज्ने भन्नेमा उनी आफै नै स्पष्ट छैनन् । त्यसैले प्रचण्डले आफूलाई तत्काल स्पष्ट पार्न आवश्यक छ ।

वास्तवमा उनी ओलीको सहयोग लिएर अब हुने अधिवेशनबाट पार्टी अध्यक्ष हुन चाहन्छन् तर त्यो कार्य निकै जटिल छ । प्रचण्डलाई ओली समूहमा रहेका पूर्व एमालेहरुले सहयोग गर्ने सम्भावना एकदमै कम रहेको छ । बरू पूर्व एमालेहरुले माधव नेपाललाई सहयोग गर्नेछन् किनभने उनीहरु नेकपामा पूर्व एमालेको विरासतलाई निरन्रता दिन चाहन्छन् । उदाहरणको लागि इश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेतालाई माधव नेपाललाई अध्यक्ष बनाउन कुनै कठिन छैन् ।

पछिल्लो समय पूर्व माओवादीकै स्थायी कमिटि सदस्यहरू समेत प्रचण्डबाट टाढिएका छन् । गृहमन्त्री रामबहादुर थापा बादल र आपूर्तिमन्त्री लेखराज भट्ट समेत उनीबाट टाढिएका छन् । सोमबार बिहान प्रचण्डनिवास खुमलटारमा भएको पूर्व माओवादीनिकट स्थायी कमिटि सदस्यहरूको भेलामा समेत उनीहरू अनुपस्थित रहे ।

सम्बन्धित समाचारहरु

ताजा समाचार