चीनमा थप १५ जना कोरोना भाइरसबाट सङ्क्रमित

चीनमा थप १५ जना कोरोना भाइरसबाट सङ्क्रमित


जिलिन ।

चीनमा पछिल्लो समय कोरोना भाइरसबाट थप १५ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी कुल सङ्क्रमितको संख्या ८२ हजार ९३३ पुगेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा पुष्टि भइसकेको र उनीहरु सबै जिलिन प्रान्तमा आन्तरिक रुपमा सरेको पाइएको जनाएको छ ।

अन्य ११ जना भने सङ्क्रमण उन्मुख भएको अधिकारीहरुको भनाइ छ । चीनको जिलिन सहरमा यसअघि देखि नै कडाई रुपमा लकडाउन लागु गरिएको छ ।

यस अघि वुहानमा गत हप्ता छ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फैलिन क्रम नियन्त्रण भएको भनिए पनि फेरी थपिन थालेका हुन् । रासस

Logo