#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20236584737863640614013092581
नेपाल2331079673816493

नेकपामा फेरि विवाददेखि सन्दीप लामिछानेको सीपीएल यात्रा अन्योलसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपामा फेरि आरोप प्रत्यारोप सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले ओलीको आलोचना गरेसँगै ओली खेमाहरु पनि आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

त्यस्तै आगामी सोमबार रातिदेखि मनसुन फेरि सक्रिय हुने मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । महाशाखाले दिएको जानकारीअनुसार आज र भोलि थोरै पानी पर्न सक्नेछ भने सोमबार रातिदेखि फेरि ५ दिन भारी वर्षाको सम्भावना रहने छ ।

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्ने बताएका छन् । नेता नेपालले नारायणहिटीभित्र गणतन्त्र स्मारक निर्माण गर्न नहुने भए पनि गलत तरिकाले बनाइएकाले तत्काल हटाउनुपर्ने बताएका हुन् ।

त्यस्तैगरी सरकारले अब कोरोनाको जोखिम हेरेर स्थानीय निकायले प्रभावित क्षेत्र सिल गर्ने जनाएको छ । उपप्रधान, रक्षामन्त्री एवं कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले सो कुरा बताएका हुन् ।

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योलता छाएको छ । सन्दीपले सीपीएल खेल्नका लागि साउन १७ गतेसम्म ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ । यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार