#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20943555749893639088513802777
नेपाल2495795802516837

अवरुद्ध पृथ्वीराजमार्ग मध्यरातदेखि एकतर्फी सञ्चालनमा

तनहुँ ।

मर्मतकार्य जारी रहेर शनिबार बिहानैदेखि अवरुद्ध रहेको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड गएरातिदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको छ । राजमार्ग अवरुद्ध भएर दिउँसोदेखि नै सडकमै रोकिएका यात्रु गन्तव्यतर्फ लागेका छन् ।

पहिलो चरणमा दमौलीतर्फबाट गएका सवारी र दोस्रो चरणमा डुम्रेतर्फबाट आएका सवारीलाई गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए। उक्त सडकखण्ड आइतबारसम्ममा दुईतर्फी सञ्चालनमा आउने बताइएको छ । साउन ६ गते सडक भासिएर पटक–पटक अवरुद्ध हुँदै आएको राजमार्ग शनिबार बिहानैदेखि बन्द गरेर मर्मतको काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर सचिन श्रेष्ठले भत्किएको सडकखण्डमा ग्याविनजाली भरेर सडक सञ्चालन गर्ने काम भइरहेको जानकारी दिए। काम नसकिएकाले आइतबारसम्ममा सडक दुईतर्फीरूपमा सञ्चालनमा आउन सक्ने उनले बताए।

शनिबार नै उक्त सडकखण्डमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनलाई भने आवतजावतमा सहज बनाइएको थियो । निरन्तर परेको वर्षाका कारण मङ्गलबार सडक नै भासिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ । सडक भासिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेपछि दिगोरूपमा नै सडक मर्मतको काम शुरु गरिएको हो ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार