#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20238926737900640036413100662
नेपाल2331079673816493

पूर्वडीआईजी कोइरालाको मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको आदेशदेखि इङ्लिस प्रिमियर लिगको अन्तिम खेलसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सर्वोच्च अदालतले श्रीमती हत्या गरेको आरोपमा दोषी ठहरिएका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्चबाट भएको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ । कोइरालालाई सर्वस्वसहित जन्मकैद भएकोमा सर्वोच्चले घटाएर ८ वर्ष ६ महिनामा झारेपछि कोइराला जेल मुक्त भएका थिए । तर, सरकारी वकिलको कार्यालयले उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकन दर्ता गराएको थियो । उक्त निवेदनको आधारमा आइतबारको इजलासले फैसला पुनरावलोनको अनुमति दिएको हो ।

त्यस्तै गत बुधबार चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका २४ वर्षिय राजकुमार चेपाङको सेनाको कुटपिटबाट ज्यान गयो । गएको साउन १ गते राजकुमारसहित ७ जनाको समूह जंगल गएका थिए । लकडाउनका कारण बेरोजगार बनेकाले खानाको जोह गर्न माछा र घोगी मार्न जंगल गएका राजकुमार चेपाङ फेरि जंगल फर्कन नसक्ने गरी थलिएर आए र उनको केही समयमा नै निधन भयो ।

पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालयका सचिव रामबहादुर विष्टलाई कारवाही गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५ ५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

त्यस्तैगरी नेपाल राष्ट्र बैंकले सहुलियत दरको कर्जालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । गत जेठ १५ गते सार्वजनिक बजेट घोषणा कार्यक्रममार्फत वाणिज्य बैंकका हरेक शाखाले १० जनालाई र विकास बैंकका हरेक शाखाले ५ जनालाई अनिवार्य रुपमा सहुलियत कर्जा उपलब्ध गराउने उल्लेख गरेसँगै राष्ट्र बैंकले यसलाई कडाईका साथ कार्यान्वायनमा ल्याउने भएको हो ।

इङ्लिस प्रिमियर लिगको जारी सिजनको अन्तिम दिन आज राति शीर्ष चारभित्र पर्न र रेलिगेशनबाट बच्न रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ । विभिन्न १० खेलको तालिका तयार भएका खेल आज राति नेपाली समय अनुसार ८ः४५ बजेबाट सुरु हुने छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार