#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20943555749893639088513802777
नेपाल2495795802516837

बागलुङमा बाढी-पहिरोमा परि चार जनाको मृत्यु

बलेवा ।

बागलुङका विभिन्न ठाउँमा पहिरोमा परि चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छिन् । उनलाई उपचरका लागि अस्पताल पठाउने तयारी भइरहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरिएको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताए। निसीखोला गाउँपालिकामा नै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उनको पहिचान नखुलेको जनाइएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार