#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20812596747330635185813713408
नेपाल2443291761316728

ऐश्‍वर्या र उनकी छोरी ११ औं दिनमा कोरोना जितेर डिस्चार्ज

काठमाडौं ।

बलिउड अभिनेत्री ऐश्वर्या राय र छोरी आराध्या कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएको ११ औं दिनमा नानावती अस्पतालबाट उनीहरु डिस्चार्ज भएका हुन्।

ऐश्वर्या र छोरी आराध्याको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको उनका श्रीमान् अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएका छन् ।

अभिषेकले लेखेका छन्, तपाईंहरुले दिएको शुभकामनालाई विशेष धन्यवाद। सधैंभरि यसको लागि आभारी छु। राम्रो भएको छ ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालले डिस्चार्ज गरेको छ। उनीहरु घरमा बस्छन् । म र मेरा पिता अस्पताल र स्वास्थ्यकर्मीको निगरानीमा रहनेछौं।

जुलाई १२ मा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरुमा लक्षण नदेखिएकोले होम क्वारेन्टाइनमा राखिएको थियो । १७ जुलाईमा छोरीको स्वास्थ्यमा समस्या भएपछि नानावती अस्पतालमा भर्ना गरिएको थियो ।

१० दिन अस्पतालमा बसी ११ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् । अमिताभ र अभिषेक १७ दिनदेखि अस्पतालमा छन् । उनीहरुमा कोरोना पोजेटिभ आएपछि ११ जुलाईमा अस्पताल भर्ना गरिएको थियो।

सम्बन्धित समाचारहरु