#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20888256748578636639913773279
नेपाल2495795802516837

‘सोचेर बोल्न नसक्दा फिल्म क्षेत्रकै धज्जी उड्यो’ : वर्षा सिवाकोटी (भिडियोसहित)

काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित र पछिल्लो समयकी व्यस्त नायिका हुन् वर्षा सिवाकोटी । नाई नभन्नु ल-२ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनले त्यस यता पशुपतिप्रसाद, वीरविक्रम-२ , कारखाना, भैरे, लप्पन छप्पन लगायत करिव १ दर्जन जति चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनी लकडाउन अवधिमा सामाजिक संजालमा निकै सक्रिय रहिन् ।

सामाजिक संजालमा चर्चा भइरहेका विषयहरुमा आफ्नो दरिलो अभिव्यक्ति दिएर होस् या आफ्नो दैनिकी साझेदार गरेर होस् लकडाउनको समयमा पनि वर्षाले आफ्ना दर्शकहरुलाई आफूभन्दा टाढा जान दिइनन् ।

लकडाउनमा आफूलाई न्यास्रोपन हुन नदिन आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यलाई तन्दुरुस्त राख्न व्यस्त बनेकी वर्षा लकडाउन पछिको समय कसरी बिताईरहेकी छिन् ? सँगसँगै पछिल्लो समय चलचित्र क्षेत्रमा भाइरल बनिरहेका विषयहरुमाथि उनको व्यक्तिगत धारणा के कस्तो छ ? हामीले यसपटक उनीसँग यस्तै विषयमा केन्द्रीत रहेर कुराकानी गरेका छौं । हेरौं उनीसँग गरिएको कुराकानी यो भिडियोमा :

 

 

सम्बन्धित समाचारहरु

ताजा समाचार