फिफा महिला यू–१७ विश्वकपको नयाँ मिति तय

फिफा महिला यू–१७ विश्वकपको नयाँ मिति तय


एजेन्सी । भारतमा आयोजना हुने फिफा यू–१७ महिला विश्वकप फुटवलको नयाँ मिति तय भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको विश्वकप प्रतियोगिता अर्को वर्ष हुने मिति तय भएको हो ।

विश्व फुटवलको सर्वोच्च निकाय फिफाले विश्वकप सन् २०२१ को फेब्रुअरी १७ देखि ७ मार्चसम्म हुने जनाएको छ । यस अघि प्रतियोगिता यहि नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न पाँच शहरमा हुने तय थियो ।

त्यस्तै फिफाले यू–२० महिला विश्वकप आगामी वर्षको जनवरीमा गर्ने जनाएको छ । कोस्टारिका र पानमामा तय भएको प्रतियोगिता जनवरी २० देखि ६ फेब्रुअरीसम्म हुनेछ । यस अघि सेप्टेम्बर र अगष्टमा तय भएको थियो ।
फिफाले लिथुनियामा हुने फुटसलको विश्वकपको समेत नयाँ मिति तय गरेको छ । फिफाले सन् २०२१ को सेप्टेम्बर १२ देखि ३ अक्टोबरसम्म हुने जनाएको छ ।

Logo