#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341592321018792770988825430552
नेपाल778174982089156428

‘प्रधानमन्त्रीले कसैलाई नभन्‍नू भन्दै बालुवाटार बोलाउनु भएको हो’ : नेता नेपाल

file photo

काठमाडौं ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूले अहिले कुनै पनि पदका लागि बार्गेनिङ नगरेको प्रस्ट पारेका छन् । उनले पार्टीलाई विधि र पद्धतिबाट चलाउन आफू कटिबद्ध रहेको र अहिलेको छलफल र परामर्श पनि त्यसैका लागि केन्द्रित रहेको बताए ।

‘कुनै पदका लागि मेरो लडाइँ हैन, पार्टीको विचार र पद्धतिलाई राम्रो बनाउन र पार्टीमा संस्कार र संस्कृतिको विकासका लागि म लडिरहेको छु,’ नेपालले भने, ‘पार्टी र सरकार दुवैले जनताको मन जित्नुपर्छ ।’

नेता नेपालले आफू र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच फाटो ल्याउन विभिन्न हल्ला चलाइएको बताएका छन् । ‘९ गते राति मलाई प्रधानमन्त्रीले नै फोन गरेर सुटुक्क आउनुस् भनेर बोलाउनु भएको थियो तर म उहाँले भनेझैं सुटुक्क गएको होइन,’ उनले भने, ‘त्यो बैठकमा उहाँलाई मैले ०७५ जेठ २ को सहमति अनुसार सरकार छाड्नुस्, प्रचण्डजीलाई प्रधानमन्त्री बनाऔं भनें, उहाँले सम्भव छैन भन्नुभयो । पार्टी अध्यक्षबाट छोड्नुस् भनें, त्यो पनि सम्भव छैन भन्नुभयो । मैले तपाईंले भनेझैं मंसिरमा पार्टी महाधिवेशन गर्न सम्भव छैन भनेको हुँ तर मलाई अध्यक्ष बनाउन ग्यारेन्टी गर्नुस् भनेको हैन ।’

यसअघि ओली पक्षीय नेताहरूले दाहाल र नेपालबीच भएको भेटमा महाधिवेशनबाट नेपाललाई अध्यक्ष बनाउन ओलीले सघाउने र ओलीलाई पाँचै वर्ष प्रधानमन्त्रीमा नेपालले सघाउने विषयमा छलफल भएको बताएका थिए । तर नेपालका अनुसार उक्त बैठकमा पनि उनले मंसिरमा महाधिवेशन सम्भव नहुने तर्क राखेका थिए ।कान्तिपुरबाट

सम्बन्धित समाचारहरु