#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20824240747499635557113721170
नेपाल2443291761316728

चार महिनामा निजी विद्यालयमा कार्यरत तीन सय शिक्षक निष्कासित

काठमाडौं ।

निजी विद्यालयमा कार्यरत करिब ३ सय शिक्षक निष्कासित भएका छन् । कोभिड–१९ का कारण सरकारले चैत ६ गतेबाट विद्यालय बन्द गर्ने निर्णय गरेसँगै यति धेरै संख्यामा शिक्षक निष्कासित भएका हुन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले निजी विद्यालयको संगठन प्याब्सन र एन प्याब्सनका पदाधिकारीले सञ्चालन गरेका विद्यालयबाट समेत शिक्षक निष्कासित गरेको जानकारी दिए ।

इस्टुले देशैभरका निजी विद्यालयमा कार्यरत शिक्षकको अवस्थाबारे जानकारी लिने क्रममा करिब ३ सय शिक्षक निष्कासित भएको तथ्याङ्क संकलन गरेको हो । अध्यक्ष थापाका अनुसार सबैभन्दा बढी काठमाडौंमा शिक्षक निष्कासित भएका छन् ।

काठमाडौमा २६ जना शिक्षक निष्कासित भएको जानकारी दिँदै यो संख्या अझै बढी हुन सक्ने उनले बताए । उनका अनुसार ललितपुरमा २१, झापामा १०, मोरङमा ११, सुनसरीमा ९, सप्तरीमा १२, चितवनमा ६, बाँकेमा १७, सुर्खेतमा ४, लमजुङमा १० जना शिक्षक निष्कासित भएका छन् । इस्टुले निष्कासित शिक्षकलाई तत्काल काममा लगाउन विद्यालयलाई दबाब दिएको छ ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयमा विद्यार्थी नै आउने कि नआउने अनिश्चित भइरहेको बेला केही दिनका लागि शिक्षकलाई बिदा दिनु ठूलो विषय नभएको बताए। विद्यालय नै बन्द गर्ने अवस्था आएपछि शिक्षक र कर्मचारीलाई राखिरहनु औचित्यहीन देखिएकाले केही दिनका लागि बिदा दिएको हुन सक्ने उनको भनाइ छ । तर इस्टुले भने जस्तो शिक्षकहरु निष्कासित नगरेको उनको दाबी छ ।

सरकारले विद्यार्थी भर्ना शुरु गर्ने र अनलाइन कक्षाको शुल्क लिने विषयमा निर्णय नगरेसम्म समस्या समाधान हुन नसक्ने देखिएको छ । यस्तै अवस्था भए अधिकांश साना स्कुल बन्द हुने अवस्थामा रहेको निजी विद्यालय सञ्चालकको आँकलन छ ।नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु