भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानमा कोरोना संक्रमण पुष्टि, रावल भने सुरक्षित

भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानमा कोरोना संक्रमण पुष्टि, रावल भने सुरक्षित


काठमाडौं ।

नेकपाका नेता भीम रावलको घरमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीका एक जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

स्थायी घर रामेछाप भएका २७ वर्षीय उनी भक्तपुर दुवाकोटमा अस्थायीरुपमा बस्दै आएका थिए । उनको हाल टेकु अस्पतालमा अहिले उपचार भइरहेको बताइएको छ ।

सुरक्षाकर्मीलाई कोरोना भएपनि भिम रावलको भने रिपोर्ट नेगेटिभ आएको छ ।

Logo