#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20234515737816640449613092203
नेपाल2331079673816493

भारतीय पक्षलाई नेपालको काउण्टर जवाफदेखि ओलीलाई वामदेवको साथसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये भारतीय पक्षले कालापानी क्षेत्रमा नेपालीलाई प्रवेश गर्न रोक लगाउनु भनेर पत्र पठाएपछि नेपालले पनि त्यसको जवाफ फर्काएको छ । परराष्ट्र मन्त्रालयसँग समन्वय र गृह मन्त्रालयको निर्देशनपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतको धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र लेखका हुन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर ती क्षेत्र नेपाली भूमि भएकाले नेपाली नागरिकलाई दुःख नदिन भन्दै काउण्टर जवाफ दिएका हुन् ।

त्यस्तै बाघको संरक्षणमा नेपालले आशा लाग्दो उपलब्धि हासिल गरेको छ । सन् २०२२ सम्म पाटे बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको हो । पछिल्लो सन् २०१८ को गणनाअनुसार नेपालमा पाटे बाघको संख्या २ सय ३५ रहेको छ ।

सांसदहरुले सरकारी निकायमा करार कर्मचारी राख्ने प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सो कुरा बताएका हुन् ।

त्यस्तैगरी विभिन्न उद्योग तथा व्यवसाय क्षेत्रमा काम गर्ने श्रमिकहरुले ५० प्रतिशत मात्रै तलब पाउने भएका छन् । रोजगारदाता संस्थाहरु र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच लकडाउन अवधिमा श्रमिकहरुले ५० प्रतिशत मात्रै तलब पाउने सहमति भएको हो ।

सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संकटमा पर्दा उपाध्यक्ष वामदेव गौतमले पटक पटक साथ दिँदै आएका छन् । मंगलबार पनि गौतमले पार्टीभित्रको विवाद साम्य पार्ने ६ सुझाव पेश गर्दै ओलीको संकट मोचन गरेका छन् । पछिल्लो ६ वर्षको इतिहास हेर्दा गौतम हरेक संकटमा ओलीको साथमा रहेको देखिन्छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार