सबै सवारी पास रद्द, अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

सबै सवारी पास रद्द, अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै गृह मन्त्रालयले यस अघि जारी गरिएका सबै सवारी पास रद्द गरेको छ ।

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने मन्त्रालयले जनाएको छ । सरकारले विभिन्न ४४ प्रकारका उद्योग संचालन गर्न दिने निर्णयसँगै काठमाडौंका बजारमा आइतबारदेखि भिड बढ्न थालेको छ भने सडकमा सवारीको चाप पनि बढेको छ । यसले संक्रमण सर्न सक्ने जोखिम बढाएको भन्दै गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाका ३ जिल्लामा भने एक जिल्लाबाट अर्कोमा जान पाइने भए पनि पुरानो सवारी पास भने काम नलाग्ने भएको छ । बाँकी जिल्लाहरुमा भने अनिवार्य रुपमा उल्लेखित नियम लाग्ने भएको छ ।

गृह मन्त्रालयका अनुसार अब जिल्लाभित्र समेत नियामक निकायले जारी गरेका पासका आधारमा मात्र सवारी चलाउन पाइनेछ । सञ्चारकर्मीलाई समेत कडाइ गरिएको छ । अब सूचना विभागबाट जारी भएका पास हुने लाई मात्र हिँडडुल गर्न दिइने बताइएको छ ।

उल्लेखित नियम जेठ १ गतेदेखि लागू हुने गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Logo