एनआईसी एशिया बैंकका परिसूचकहरू उत्साहजनक रुपमा वृद्धि

एनआईसी एशिया बैंकका परिसूचकहरू उत्साहजनक रुपमा वृद्धि


काठमाडौं ।

एनआईसी एशिया बैंक लिमिटेडले चालु आव ०७६/७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक रहेका छन् । विश्वव्यापी महामारी कोरोनाको कारण सृर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आव को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२ प्रतिशत (रू ३८ करोड) ले वृद्धि गरी रू ३ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १० प्रतिशत (रू २६ करोड) को वृद्धिसहित २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा २ अर्ब २८ करोड रहेको थियो ।

यस आवको तेस्रो त्रैमाससम्ममा कर्जातर्फ २५ अर्बले वृद्धि गरी १७५ अर्ब र निक्षेप संकलनतर्फ १५ अर्बले वृद्धि गरी १९६ अर्ब पुर्याउन बैंक सफल भएको छ । कर्जा तथा निक्षेपको हिसाबले एनआईसी एशिया बैंक देशमै अग्रणी मध्येमा पर्छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पुर्ण रूपले पालना गरेको छ । विविधिकरणकै रणनीति अनुरूप बैंकको उच्चतम दश ग्राहकहरूको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।

निक्षेपतर्फ पनि बैंक विविधिकरणको रणनीति अनुरूप अघि बढिरहेको छ । बैंकको कूल निक्षेप हाल कुल निक्षेपको ८.७ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये एक हो । बैंकले चालु आवको ९ महिनामा ६ अर्बको कूल निक्षेप घटाउन सफल भएको छ । यसरी कूल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा १५ अर्बले बढेको छ । निक्षेपतर्फ १० ग्राहकहरूको अंश ११ प्रतिशत यहाँ रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । चल्ती तथा बचत निक्षेपको हिसाबले यस बैंक देशकै अग्रणी बैंकहरुमा पर्दछ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ । यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Logo