#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20237750737866639964713100237
नेपाल2331079673816493

कांग्रेसमा पनि विवाददेखि निर्मला हत्या काण्डमा मुछिएका ८ प्रहरीको सफाइसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दुई खेमा बीचको असन्तुष्टि चुलिँदै गएको छ । १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवाले आफू अनुकूल नियुक्ती गरेको भन्दै पौडेल पक्ष प्रतिवादमा उत्रदा दुई खेमा बीच असन्तुष्टि चुलिँदै गएको हो । पौडेल पक्षले पार्टीभित्र भइरहेका असहमतिका ५ विषयमा सभापति देउवालाई ध्यानाकर्षण गराएको छ ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एमसीसी सम्झौता पारित गरे ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भट्टले सो कुरा बताएका हुन् ।

पछिल्लो समय कयौं व्यापार व्यवसाय पलायन हुने अवस्थामा पुगेका छन । कोरोना भाइरसको संक्रमणका कारण धेरैजसो साना र केही ठूला व्यवसायहरु पनि पलायन हुने अवस्थामा पुगेका हुन् ।

त्यस्तैगरी बरामत भएको भनिएको १५ किलोे सुन प्रकरणमा छानविन गर्न समिति गठन गरिएको छ । सो घटनाको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक मनोज यादवको नेतृत्वमा छानविन समिति गठन गरेको हो । केही दिन अगाडि १५ केजी सुन बरामत भएको समाचार बाहिरिएको केही समयमा नै उक्त वस्तुमध्ये आधा केजी मात्र सुन भएको बताइएको थियो ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको अभियोग लागेका ८ जना प्रहरीले सफाइ पाएका छन् । सफाइ पाउनेमा प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसी, अर्का डीएसपी ज्ञानेन्द्रबहादुर सेट्ठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जवान चाँदनी साउद, हरिसिंह धामी, जगदीश भट्ट र रामसिंह धामी छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार