#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20888256748578636639913773279
नेपाल2495795802516837

यस्ता छन् मनोज गजुरेलका हाँस्यव्यंग्य कोशेली : व्यक्ति एक पात्र अनेक (भिडियोसहित)

काठमाडौं ।

नेपाली हाँस्यव्यंग्य क्षेत्रमा मनोज गजुरेल चिनाइराख्नु पर्ने कुनै नौलो नाम होइन । हरेक क्षेत्रमा भएका र हुने गरेका विकृति विसंगति विरुद्ध उनी खरो रुपमा प्रस्तुत हुन्छन् । उनको प्रस्तुतिलाई नरुचाउने दर्शकहरु शायदै छैनन् होला । उनी भन्छन् , ‘म हाँस्यव्यंग्य क्षेत्रकै लागि जन्मिएको हुँ जस्तो लाग्छ ।’

यसवर्षको गाईजात्रा पर्व शुरु हुने दिन नजिकिंदैछ । हरेक वर्षझैं यस वर्ष पनि गाईजात्रा आए पनि मनाउँन भने विगत जस्तो सजिलो छैन । कोरोनाका कारण औपचारिक कार्यक्रम नगरि गाईजात्रा मनाउनु पर्ने अवस्था आएको छ । आगामी साउन २० गते गाईजात्राको मूख्य दिन भए पनि गाईजात्रा सप्ताह भने आजदेखि शुरु भइसकेको छ ।

विगतमा सात दिनसम्म गाईजात्रालाई व्यंग्यात्मक रुपमा मनाउने गरेका कलाकारहरुलाई पनि यस वर्ष कोरोनाले प्रभाव बनाएको छ । उनीहरुले विगत जस्तो गरि खुलेर औपचारिक कार्यक्रम गर्न नपाउने भएका छन् । त्यसो त सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले पनि औपचारिक कार्यक्रम नगरि गाईजात्रा मनाउन अनुरोध पनि गरिसकेका छन् ।

यसपटक केन्द्रबिन्दु मिडिया हाउसमा नेपालका चर्चित उनै हाँस्य कलाकार मनोज गजुरेलले गाईजात्रा विशेष प्रस्तुति दिएका छन् । के भने त उनले त्यस्तो ? हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार