सिन्धुपाल्चोकमा ८८ प्रतिशत निजी आवास निर्माण सम्पन्न

सिन्धुपाल्चोकमा ८८ प्रतिशत निजी आवास निर्माण सम्पन्न


सिन्धुपाल्चोक ।

गोरखा भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा घरबारविहीन हुन पुगेकामध्ये ७६ हजार ९८० परिवार नयाँ घरमा बसाइँ सरेका छन् । निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासोसहित जम्मा लाभग्राही ९० हजार ७५९ रहको र ८७ हजार ७५८ लाभग्राहीले सम्झौता गरेका जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख भरत आचार्यले बताए ।

अनुदान सम्झौता गरेर ८४ हजार चार लाभग्राहीले दोस्रो किस्तावापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयसँग तथ्याङ्क छ । सिन्धुपाल्चोकमा रकम बुझेर घर निर्माण नगर्ने १६ जनाले पहिलो किस्ताबापतको ५० हजार रकम फिर्ता गरिसकेका आचार्यले बताए ।

सिन्धुपाल्चोकका १६८ पहिचान भएका भूमिहीन लाभग्राहीमध्ये ३५ जनाले मात्र जग्गा खरिद गरी अनुदान प्राप्त गरेका छन् भने जिल्लामा ७१७ विस्थापित भएकामध्ये ३२१ लाभग्राहीले मालपोत कार्यालयबाट जारी भएको लिखतको आधारमा अधिकतम प्रतिलाभग्राही दुई लाखसम्म जग्गा खरिदबापतको थप अनुदान पाइसकेका छन् भने ३१९ जनाले आवास निर्माण गरिसकेका छन् । जसमध्ये हेलम्बु दुई, चित्रेका दुई परिवारले जग्गा पुर्जामा भए जति नभएको भन्दै पुर्जा मुताविकको जग्गा माग गरिरहेका छन् ।

यस्तै ०७६ चैत मसान्तसम्म पहिचान भएका ९० हजार ५७९ कूल लाभग्राहीमध्ये ७६ हजार ९८० भूकम्पपीडितले नयाँ तेस्रो किस्ताबापतको रकम बुझेका जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख सन्तोष निरौला बताउँछन् । उनका अनुसार चैत मसान्तसम्म लाभग्राहीमध्ये ८७ हजार ६८७ लाभग्राहीले पहिलो किस्ताबापत ५० हजार र ८४ हजार चार लाभग्राहीले दोस्रो किस्ताबापत थप एक लाख ५० हजारको लागि सिफारिस भएको छ । उनका अनुसार ८८ प्रतिशत निजी आवास सम्पन्न भएको छ ।रासस

Logo