#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20937389749797638668413800908
नेपाल2495795802516837

कोशी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना, बहिरङ सेवा बन्द

विराटनगर ।

कोशी अस्पताल विराटनगरमा कार्यरत स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि आजदेखि बहिरङ (ओपिडी) सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि सेनिटाइज गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ओपिडी सेवा बन्द गरिएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिए।

अस्पतालको ओपिडी इञ्चार्जसहित एक कार्यालय सहयोगीमा बुधबार राति सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो ।

अस्पतालमा बिरामीको भीड हुनाले समुदायमा सङ्क्रमण नफैलियोस् भनेर ओपिडी सेवा बन्द गरिएको हो । यसअघि अस्पतालका एक चिकित्सक र स्टाफ नर्समा सङ्क्रमण देखिएको थियो । अस्पतालबाट दैनिक ७०० बिरामीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका थिए । ओपिडी सेवा बन्द भए पनि आकस्मिक सेवा र फिभर क्लिनिक पुनः सञ्चालन रहेको डा दासले जानकारी गराए ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार