#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20888256748578636639913773279
नेपाल2495795802516837

सागमा दोहोरो स्वर्णपदक जिताउने मण्डेकाजी ५ लाख नगदसहित सम्मानित

काठमाडौं ।

नेपालमा आयोजना भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा कराते खेलको कातातर्फ नेपाललाई दोहोरो स्वर्णपदक दिलाउने मण्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।

ललितपुरस्थित होटल भिभान्तामा आयोजित एक कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालका नेता रमेश आचार्यले उनलाई पाँच लाखसहित सम्मान गरेका हुन् । धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्ष दीपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल विलडर्सका सिइओ तथा करातेका पूर्वराष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा मण्डेकाजीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्टस् एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सिइओ रोशिद उनिथान लगायतको सहभागिता रहेको थियो । नेपालमा गत मङ्सिरमा सम्पन्न तेह्रौँ सागमा मण्डेकाजीले एकल काता र टिम कातामा स्वर्ण पदक जितेका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार