शताब्दी पुरुष जोशी १०१ वर्ष पूरा

शताब्दी पुरुष जोशी १०१ वर्ष पूरा


ललितपुर ।

शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय १ वर्ष पुगेका छन् । वि.सं. १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशीले आज १ सय १ वर्ष पूरा गरेका हुन् । जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका छन् ।

जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति र समुदायले शुभकामना दिएका छन् । लकडाउनका कारण जन्मदिन मनाउन कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएपनि उनको परिवारले घरमै पूजा गरी जन्मदिन मनाएका छन् ।

गत वर्ष सय वर्ष पूगेको अवसरमा ललितपुर महानगरपालिकाले महानगरपालिका भर सार्वजनिक विदा दिई विभिन्न कार्यक्रम गरी जन्म शताब्दी मनाएको थियो । जोशीले यसपटक आफूलाई शुभकामना दिनेहरुलाई धन्यवाद दिदै अझैपनि केही असल काम गरेर जीवन बिताउन पाउँ भन्दै प्रार्थना गरेको बताए ।

Logo