#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31891188977427742635023487411
नेपाल678044361741449954

आज काठमाडौं उपत्यकामा ३८ कोरोना संक्रमित थपिए

काठमाडौं ।

आज काठमाडौं उपत्यकामा ३८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ३२, भक्तपुरमा १ र ललितपुरमा ५ जना रहेका छन् ।

यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ५७७ पुगेको छ । जसमा काठमाडौंमा ४२३ जना, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका छन् ।

यस्तै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आज ४ जना थपिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । आज २२४ जना थपिएका छन् । विहिबार २७४ जना थपिएका थिए । बुधबार २१० जना थपिएका थिए । मंगलबार ३११ थपिएका थिए । यस्तै सोमबार १३९ जना थपिएका थिए । आज १० हजार ७६८ को पिसिआर परिक्षण गरिएको थियो । अब सक्रिय संक्रमितको संख्या ५,३१६ बाँकी छ ।

यस्तै निको हुनेको संख्या १४ हजार ३९९ जना पुगेको छ । आज १५१ जना निको भएका छन् । विहिबार २२७ जना निको भएका थिए । बुधबार १४६ जना निको भएका थिए । यस्तै मंगलबार १२१ सोमबार ६२६ जना निको भएका थिए । ७२.८ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ५६ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

सम्बन्धित समाचारहरु