#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33021140997689766264724360804
नेपाल718214671834153013

परिणाम निकाल्न हाम्रो कार्यशैली फेर्न आवश्यक छ–रक्षा मन्त्री पोखरेल

फाइल फोटो

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली फेर्न आवश्यक भएको टिप्पणी गरेका छन् । शुक्रबार मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले त्यस्तो टिप्पणी गरेका हुन् । ‘लकिरका फकिर’ जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिमाण आउन नसक्ने उनको भनाइ छ ।

‘हाम्रो कार्यसम्पादन शैली ‘लकिरका फकिर’ जस्तो भयो । क्रिएटिभ ढंगले अगाडि बढ्न सकिएन भने त्यसले परिणाम दिन सक्दैन’–मन्त्री पोखरेलले भने–‘क्रिएटिभ ढंगले जान अहिलेको आवश्यकता हो र यसैअनुसार अगाडि बढ्न आग्रह गर्दछु ।’
अहिलेको आवश्यकता अपडेट गरेर आगाडि बढ्नुपर्ने भएको भन्दै मन्त्री पोखरेलले थपे–‘अहिलेको आवश्यकता भनेको व्यवहार, सोच र योजना अपडेटेड गर्ने हो । त्यस्तो गर्न सकिएन भने व्यवहार, नीति र योजनाहरु आउटडेटेड हुन्छन् ।’ हरेक संस्था र व्यक्तिका व्यवहार, नीति र योजना ‘आउटडेटेड’ हुनबाट बचाउन ‘अपडेटेड’ हुनैपर्ने उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति हुन नसकेको बताए । राष्ट्रिय गौरवका आयोजनाहरु आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उनको भनाइ छ । आयोजनाहरुको काम अगाडि बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उनले जानकारी दिए ।

शुक्रबार उपप्रधान एवं रक्षामन्त्री र मन्त्रालय सचिव बीच आर्थिक वर्ष २०७७÷०७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रम सम्बन्धि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै प्रधान सेनापति र रक्षा सचिव बीच आर्थिक वर्ष २०७७÷०७८ मा नेपाली सेना अन्तर्गत कार्यान्वयन गरिने मुख्य कार्यक्रमहरु सम्बन्धि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्बन्धित समाचारहरु