#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31240262965068743973522835459
नेपाल641224111747846233

कोरोना बीमा कार्यविधी अर्थ मन्त्रालयमा पुग्यो

काठमाडौं ।

कोरोना बीमा सम्बन्धी कार्यविधी तयार भएको छ । बीमा समितिले कोरोना सम्बन्धी कार्यविधी तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको छ ।

सरकारले बजेटमार्फत ल्याएका कोरोना बीमा कार्यक्रमको कार्यविधी तयार भएको हो । केही दिनमा स्वीकृत भएर आउने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । समितिका अनुसार आगामी सातादेखि सर्वसाधारणलाई कोरोना बीमामा ५० प्रतिशत तथा सरकारी कर्मचारीको कोरोना बीमामा शत प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले गत जेठ १५ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटमार्फत सर्वसाधारणको १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गरिदिने घोषणा गरेका थिए । बजेटमा गरिएको व्यवस्थालाई कार्यान्वयन गर्दै समितिले कार्यविधी तयार गरी मन्त्रालय बुझाएको हो ।

कोरोना बीमा गर्न कम्पनी र त्यसको दायित्व बहन गर्न सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल गरी कार्यविधि बनाएको कार्यकारी निर्देशक पौडेलले बताए । कोरोना बीमा योजना सुरु भएदेखि हालसम्म ६ लाख १ सय ६७ जनाले बीमा गरिसकेका छन् । कोरोना बीमा बापत ३३ करोड ६९ लाख ७२ हजार ४ सय २२ रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ । यस्तो बीमा हाल संचालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले गरिसकेका छन् ।

सम्बन्धित समाचारहरु