#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20826701747569635611413723018
नेपाल2443291761316728

‘नीजि क्षेत्रको नेतृत्व गर्ने एउटै संस्था हुनुपर्छ’–चन्द्र ढकाल, उपाध्यक्ष (उद्योग वाणिज्य महासंघ/ भिडियोसहित)

काठमाडौं ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले व्यवसायीहरु फुटेर होइन जुटेर जानु पर्ने बताएका छन् ।

उद्योग वाणिज्य महासंघले सबै व्यवसायीलाई एउटै छातामुनि ल्याउन नसकेको भन्दै आगामी दिनहरुमा उद्योग परिसंघ तथा नेपाल चेम्बर्स अफ कमर्श जस्ता नीजि क्षेत्रका संस्थाहरुलाई पनि महासंघको छातामुनि ल्याउन सकिने उनले बताए । त्यसका लागि आफूले भरसक प्रयास गर्ने उपाध्यक्ष ढकालको भनाइ थियो । उपाध्यक्ष ढकाल आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार समेत हुन् ।

आफूले सानो व्यवसायबाट माथि आएका कारण सबै तहका व्यवसायीलाई समेटेर लैजाने व्यवसायी ढकालले बताए । मुलुकको आर्थिक उन्नतिका लागि महासंघमा योग्य व्यक्तिको खाँचो भएको उनको भनाइ थियो ।

यस्तै विषयमा यस पटक हामीले ढकालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार