#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30991301961461744201422587826
नेपाल627974011712945267

अनिद्राबाट उत्पन्न हुने समस्या र रोगहरु (भिडियोसहित)

काठमाडौं ।

निद्रा हाम्रो जीवनको महत्वपूर्ण पाटो हो । शरीरलाई आवश्यक मात्रामा निद्रा पुगेन भने अनेक रोगले सताउँछ । निद्रा राम्ररी पूरा नहुनु वा सुत्न राम्ररी नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ । तनाव र निराशाका कारण पछिल्लो समय धेरै मानिसमा अनिद्राको समस्या देखिने गरेको छ ।

चिकित्सकका अनुसार, हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको डरका कारण तनाव र एन्जाइटीको समस्याका बिरामी बढेका छन् । जसले अनिद्राको समस्या निम्त्याएको छ । निद्रा नपर्नुको मुख्य कारण तनावलाई मानिन्छ । स्वस्थ निद्राका लागि तनाव व्यवस्थापन र पर्याप्त आराम आवश्यक हुन्छ । अनिद्रा समस्या समाधानका लागि कतिपयले मेलाटोनिन सप्लिमेन्टको सेवन समेत विकल्पको रूपमा लिने गर्छन् । मेलाटोनिनले निद्रा पर्न सहज बनाउँछ । मेलाटोनिन निद्राको हर्मोन हो, जुन मस्तिष्कमा रहेको पाइनल ग्रन्थिमा बन्ने गर्छ । मेलाटोनिन हर्मोनले निद्राको चक्र नियमित गर्ने गर्छ । तर, मेलाटोनिन सप्लिमेन्ट दीर्घकालीन प्रयोगमा ल्याउन सकिँदैन ।

अनिद्राले निम्त्याउने समस्या र रोगहरु

अनिद्राका कारण सम्झने शक्तिमा कमी आउँछ । यसले मानसिक अस्थिरतासमेत निम्त्याउने गर्छ  । अनिद्राको कारणले शरीरमा कर्टिसोल हर्माेनको उत्पादनमा वृद्धि हुन्छ । जुन हर्माेनले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्तिहरुमा मधुमेहको जोखिम हुन्छ ।

अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि देखिने गर्छ । अनिद्राको समस्या निरन्तर रहिरहेमा मुटु सम्बन्धी रोगको खतरा पनि बढेर जान्छ । निद्रा नपरेमा वा पर्याप्त मात्रामा नसुतेमा यसको असर हाम्रो पाचन प्रणालीमा पनि पर्न जान्छ । पाचन प्रक्रिया पूर्ण हुन तीनदेखि चार घन्टा लाग्ने गर्दछ । अनिद्राको कारणले मानसिक तनाव भई पाचन प्रक्रियामा ढिला हुनुका साथै पाचन पूर्ण नहुने गर्छ र पाचन प्रणाली सम्बन्धी समस्या निम्त्याउँछ ।

त्यस्तै अनिद्राका कारणले सम्झने शक्तिमा कमी हुनुका साथै मानसिक अस्थिरता, चिडचिडाहट, बढी रिस उठ्ने जस्ता मानसिक समस्याहरु समेत उत्पन्न हुन्छ । अनिद्राको समस्या भएमा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजाने लगायत समस्याहरु उत्पन्न हुन्छन् । मौसमले पनि निद्रालाई प्रभावित पार्न सक्छ । गर्मी मौसममा बढी र जाडो मौसममा कम निद्रा लाग्ने हुन सक्छ । अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुका साथै दिनचर्यामा समेत परिवर्तन गर्न आवश्यक छ । हेरौं भिडियोमा :

 

सम्बन्धित समाचारहरु