#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32420147987813749823623934098
नेपाल693014531843750411

‘फास्ट ट्रयाक निर्माणमा ४२ प्रतिशत भौतिक प्रगति’ : प्रधान सेनापति थापा

काठमाडौं ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा खोकनामा देखिएको समस्याका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताए ।

रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकाले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताए । फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनोटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको बताए ।

खोकनाको समस्याले गम्भिर बनाएको उनले बताए । उनले भने, ‘‘खोकनाको समस्याले सेना र सरकारलाई गम्भिर बनाएको छ । त्यसको पछाडी जनताको मात्रै समस्या हो की । अरु पनि कारण छन् । ती कारणहरुको पछाडी जानु पर्ने महशुस भएको छ ।’’

थापाले सिंहदरबार भित्र रहेको चण्डीदल गणको उचित वासस्थानको व्यवस्था गर्न पनि आग्रह गरे । देशको प्रशासनिक निकायभित्र रहेको सुरक्षा निकाय कहाँ बस्ने ठेगान नहुँदा अन्य निकायको अवस्था के होला भन्ने तर्फ ध्यान दिन उनले आग्रह गरे ।

 

सम्बन्धित समाचारहरु