#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31999973978983746470923556281
नेपाल678044361741449954

प्रधानमन्त्री ओलीसँग मिल्न प्रचण्डलाई दबाबदेखि विदेशमा अलपत्र नेपालीको उद्धार उडान सुरुसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये पूर्व माओवादी खेमाका स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दबाब दिएका छन् । बिहीबार स्थायी कमिटीका पाँच जना पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष दाहाल निवास खुमलटार पुगेर छलफल गर्दै ओलीसँग मिल्न दबाब दिएका हुन् ।

त्यस्तै कोरोना भाइरसको संक्रमण पछिल्लो समय समुदायमा फैलिएको विज्ञहरुले दावी गरेका छन् । चार महिना लामो लकडाउन अन्त्य भएसँगै कोरोना सङक्रमण समुदायमा फैलिएको विज्ञहरुले दावी गरेका हुन् ।

अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामाग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ । शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायीक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गूगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख गरेको हो ।

त्यस्तैगरी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली ‘लकिरका फकिर’ को जस्तो भएको टिप्पणी गरेका छन् । शुक्रबार मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले त्यस्तो टिप्पणी गरेका हुन् ।

विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका थप नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान गर्नेे भएको हो । नेपालका दुई एयरलाइन्स (नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स) ले उडान तालिका सार्वजनिक गरिसकेका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु